नियम ४
अस्थायी सम्बन्धन प्रदान गर्ने
परिषद्ले नियम ३ बमोजिम पर्न आएको निवेदनको सम्बन्धमा निर्धारित शर्तहरु पूरा भए नभएको छानवीन गर्नुको साथै उच्च माध्यमिक शिक्षा दिने विद्यालय रहने क्षेत्रको जनसंख्या, भौगोलिक स्थिति, त्यस क्षेत्रमा उच्च माध्यमिक विद्यालय चल्न सक्ने नसक्ने स्थितिलाई समेत विचार गरी नेपाल सरकारको स्वीकृति प्राप्त माध्यमिक विद्यालय, व्यक्ति वा संस्थालाई उच्च माध्यमिक शिक्षा दिने विद्यालयको रुपमा अस्थायी सम्बन्धन प्रदान गर्न सक्नेछ ।
तर उच्च माध्यमिक शिक्षा दिने विद्यालयको रुपमा सम्बन्धन प्राप्त कुनै विद्यालयको शैक्षिक गतिविधिलाई असर पर्ने देखिएमा परिषद्ले त्यस्तो विद्यालय, व्यक्ति वा संस्थालाई अस्थायी सम्बन्धन प्रदान पर्न सक्नेछ ।